रौतहटका सात पालिकामा निःशुल्क शिविर आयोजना, ३५ सयको आँखा जाँच

सञ्जय मिश्रा ,रौतहट – रौतहटको सदरमुकाम गौर पुरेनवास्थित वीर दल गण नेपाली सेनाको पहलमा जिल्लाको छुट्टाछुट्टै सात वटा पालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा ३५ सय भन्दा बढी आँखाका बिरामी लाभान्वित भएका छन्।

शिविर सफलतापूर्वक भूमिका खेल्दै सहयोग गरेका ती पालिका प्रमुखहरूलाई नेपाली सेनाले सम्मान गरेको छ।

गणपति कर्णेल किशोर अधिकारीको सक्रियतामा नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा प्रतिष्ठान, तिलगंगा आँखा अस्पताल निजगढ  र वीरदल गणको संयुक्त आयोजनामा सात पालिकामा सञ्चालन गरिएको हो। निःशुल्क शिविरमा कुल ३ हजार ५१० जना बिरामीको आँखा स्क्रिनिङ तथा जाँच गरिएको थियो।

कटहरिया, गरुडा, राजपुर, गुजरा, गढीमाई, पर्रोहा, र चन्द्रपुर नगरपालिकामा भएको जाँचमा मोतिबिन्दु भएका ५८१ बिरामीको गरुडा महमदपुरस्थित स्वास्थ्य केन्द्रमा केही दिनअघि शिविर सञ्चालन गरी निःशुल्क अप्रेसन गरिएको कर्णेल अधिकारीले जानकारी दिएका छन्।

निःशुल्क शिविर सम्पन्न गराउन सहयोगीहरु गरुडाका मेयर कन्थमणि जैसवाल, कटहरियाका मेयर अजय प्रकाश जैसवाल, गुजराका मेयर सन्तलाल चौधरी, परोहाका मेयर शेख वकील, राजपुरका मेयर महमद राजिक आलम, चन्द्रपुरका मेयर सञ्जय काफ्ले र गढीमाइका मेयर श्यामबाबु यादवलाई वीरदल गणका गणपति कर्णेल अधिकारीले कदरपत्र प्रदान गरी सम्मान गरेका थिए।

कर्णेल अधिकारीको सक्रियतामा रौतहटमा विभिन्न किसिमका जनमुखी रचनात्मक काम हुँदै आएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।