विराटनगरको शान्ति सुरक्षा खस्किँदो, शोरुम तोडफोड गरेर कार नै चोरी

विराटनगर । प्रहरीको अत्यधिक निगरानीमा रहनुपर्ने विराटनगर विमानस्थलनजिकैको क्षेत्रमा शोरुम तोडफोड गरेर कार चोरी भएको छ।

शुक्रबार बिहान राति विराटनगर महानगरपालिका-३ एयरपोर्ट मोड दक्षिणको पूजा इन्टरप्राइजेज शोरुम तोडफोड गरी कार चोरी भएको हो।

प्रहरीका अनुसार शोरुम ढोकाको सिसा फुटाएर चोरले कारमात्रै नभएर एक थान ल्यापटपसमेत टप्काए। तर, घटना एकै व्यक्तिले घटाउँदा बिहान अबेरसम्म प्रहरीले सुइँको पाएन।

कार शोरुमका प्रबन्धक इन्द्रराज श्रेष्ठ बिहान साढे ८ बजे चोरी भएको खबर लिएर प्रहरीमा पुगेका थिए। चोरी भएको उक्त क्षेत्र व्यावसायिक दृष्टिकोणले अति संवेदनशील मानिन्छ। त्यहाँ थुप्रै कम्पनीका कार शोरुम, ट्याक्टर शोरुम तथा मोटरसाइकल शोरुम रहेका छन्।

चोरी भएको क्षेत्रनजिकै उत्तर कञ्चनबारी तथा दक्षिणमा बरगाछी चोकमा प्रहरी युनिट छन्। ‘यस्तो संवेदनशील क्षेत्रमा चोरी हुनु र प्रहरीले थाहा नपाउनुले आज व्यावसायिक क्षेत्र सोचनीय बन्न पुगेको छ,’ उद्योग संगठन मोरङका एक पदाधिकारीले भने, ‘यो क्षेत्रमा धेरै कम्पनीका शोरुम छन्, शान्ति सुरक्षामा प्रश्न उठेको छ।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार सुनसरी गढी गाउँपालिका-४ इक्राही हुँदै सुनसरीको भोक्राहातर्फ जाँदै गरेको अवस्थामा चोरीमा संलग्न चालकलाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-४ का २४ वर्षीय मन्तोषकुमार बिन छन्। उनी पूजा इन्टरनेशनलबाट भक्सवागन कम्पनीको टिगुन मोडलको रातो कार चोरी गरेर भाग्दै थिए।

कारको पछाडि सिटमा राखिएको डेल कम्पनीको एक थान ल्यापटप बरामद गरिएको केसीले बताए।

व्यावसायिक क्षेत्रबाट शोरुम नै तोडफोड गरी चोरी भएपछि प्रदेश प्रहरी कार्यालय कोशीबाट प्रादेशिक अनुसन्धान समूह (पिटिआई) नै खटिएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय मोरङ गरी तीन वटा अनुसन्धान समूहले चोरीमा संलग्नलाई कारसहित पक्राउ गर्न सकेका थिए।

अहिले मोरङको शान्ति सुरक्षामा गम्भीर प्रश्न उठ्न थालेको छ। केही दिनअघि मात्रै मोरङ उर्लाबारीमा प्रहरी कार्यालयबाट डेढ सय मिटर क्षेत्रमा चार करोड रुपैयाँ बराबरको मोबाइल पसल लुटपाट भएको थियो।

उक्त चोरी कसले गर्‍यो भन्नेबारे अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन, पक्राउ गर्नु परकै कुरा हो।

मोरङ प्रहरीको नेतृत्वमा प्रहरी उपरीक्षक नारायण चिमरिया छन्। उनले मोरङ प्रहरीको नेतृत्व सम्हालेको चार महिना हुँदैछ। विराटनगरमै कोशी प्रदेश प्रहरी छ। उक्त कार्यालयको नेतृत्व प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले सम्हालिरहेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।