विराटनगरमा आत्मरक्षा सम्बन्धी अनुशिक्षण तालिम सम्पन्न

बिराटनगर, फागुन ०२ गते । बिराटनगर महानगरपालिका-७ स्थित श्री सत्यनारायण माध्यमिक बिद्यालयको सभाहलमा संचालन भएको महिला आत्मरक्षा (Self Defense) सम्बन्धी अनुशिक्षण तालिममा सहभागी बिद्यार्थीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आत्मरक्षा सम्बन्धि प्रशिक्षण प्रदान गरेको छ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा समृद्ध समाज नेपालको संयोजनमा फागुन १ गतेबाट संचालन भएको उक्त तालिममा १३ वटा बिद्यालयमा अध्ययनरत १०२ जना किशोरीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रशिक्षक प्रहरी निरीक्षक तोरण परियारले आत्मरक्षाको लागि प्रतिकार गर्ने तरिका, कानूनी व्यवस्था सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो भने प्रहरी सहायक हवल्दार पविता शर्माले सहभागी प्रशिक्षार्थीहरुलाई आत्मरक्षा सम्बन्धी प्रयोगात्मक अभ्यास गराउनु भएको थियो ।

तीन कार्य दिनको उक्त अनुशिक्षण तालिममा समृद्ध समाज नेपालकी अध्यक्ष तथा सामाजिक अभियन्ता कला डाँगी लगायत अन्य प्रशिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।