नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

विराटनगर । नोना कोइराला स्मृति प्रतिष्ठान, बूढीगंगा गाउँपालिका र केएचडीसी नेपालको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित नरग्राम माविमा आयोजित शिविरको नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले उद्घाटन गर्नुभयो । कोइरालाले आफ्नो प्रेसर र सुगर जाँच गरेर शिविरको उद्घाटन गर्नुभएको हो । ग्रामीण क्षेत्र र आर्थिक रुपमा विपन्न समुदायलाई लक्षित गरी प्रतिष्ठानले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको प्रतिष्ठानकी अध्यक्ष पुनम कोइरालाले जानकारी दिनुभयो ।

घरदैलोमै पुगेर जाँच गर्दा सर्वसाधारणको स्वास्थ्यबारे जानकारी हुने र कुनै समस्या भए तत्कालै अस्पताल लगेर थप उपचार गर्न सहज हुने देखेर शिविर आयोजना गरिएको कोइरालाको भनाइ थियो । शिविरबाट ३ सय ५२ जनाले स्वास्थ्यलाभ लिनुका साथै १५ जनाले इकोसमेत गरेको महासचिव अमित श्रीवास्तवले जानकारी दिनुभयो । शिविरमा उच्च रक्तचाप, मधुमेह, इको, इसिजी, फोक्सोलगायतको जाँच गरिएको थियो ।

जाँचपछि औषधि खानुपर्ने बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको उहाँले बताउनुभयो । वरिष्ठ नेता डा. कोइरालासहित बूढीगंगा गाउँपालिदकाका अध्यक्ष जितनारायण थापा मगर, वडाध्यक्ष सोमनाथ काफ्ले, प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, प्रतिष्ठानका उपाध्यक्ष ज्योति आचार्य, सल्लाहकार डा. नारायणकुमारलगायतको उपस्थितिमा भएको शिविरमा केएचडीसी नेपाल प्रमुख प्रा.डा. संजीवकुमार शर्मा, अन्य चिकित्सक डा. उज्ज्वलकुमार साह, डा. ब्रजेशकुमार झा, डा. रोशन कार्की, डा. उत्सव दुलाल, डा. प्रज्वल गौतमलगायत चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य चेकजाँच गर्नुभएको थियो ।

त्यसैगरी सोही शिविरमा पाठेघरको मुखको क्यान्सरको परीक्षणसमेत गरिएको थियो । पाठेघरको मुखको क्यान्सरका कारण हुने महिलाहरुको मृत्युदरलाई कम गराउने उद्देश्यले निःशुल्क रुपमा जाँच गरिएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

शिविर उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अझै पनि आमनागरिकको पहुँचमा स्वास्थ्य सेवा पुग्न नसकेको बताउनुभयो ।
उहाँले स्वास्थ्य र शिक्षालाई आमजनताको पहुँचमा पु¥याउन तीनै तहको सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । संविधानको मौलिक हकमै समावेश गरे पनि जनताले अझै सहज रुपमा शिक्षा र स्वास्थ्य सेवा प्राप्त नगरेको कोइरालाको भनाइ थियो । आर्थिक अभावमा धेरै नागरिक रोग पालेर बस्न बाध्य भएको बताउँदै कोइरालाले कतिपयले अस्पतालको मुखै नदेखी मृत्युवरण गर्नुपरेको उल्लेख गर्नुभयो ।

पछिल्लो समय पहाड र ग्रामीण क्षेत्रबाट बसाइँसराइ बढ्नुको मुख्य कारण शिक्षा र स्वास्थ्य भएको उहाँले बताउनुभयो । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको खोजीमा पहाडबाट तराई र तराईका गाउँबाट सहर बसाइँ सर्ने क्रम बढेको नेता कोइरालाले दाबी गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।