मस्कलाई बंगलादेशमा स्टारलिङ्क इन्टरनेट शुरु गर्न सरकार प्रमुख युनुसको पत्र

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले अर्बपति अमेरिकी व्यवसायी एलन मस्कलाई बंगलादेश भ्रमणको निम्तो दिएका छन् ।

उनले देशमा स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न शीर्ष अमेरिकी व्यापारी तथा स्पेसएक्सका सीईओ मस्कलाई पत्र लेख्दै बंगलादेश भ्रमणको निम्ता दिएका हुन् । फेब्रुअरी १९ मा लेखिएको पत्रमा युनुसले मस्कलाई आफ्नो बंगलादेश भ्रमणले यस अग्रणी प्रविधिका मुख्य लाभार्थीहरूमध्ये एक हुने युवा बंगलादेशी पुरुष र महिलाहरूलाई भेट्ने अवसर दिने बताएका थिए ।

उनले मस्कलाई राम्रो भविष्यको लागि उनीहरूको पारस्परिक दृष्टिकोणलाई साकार पार्न सँगै काम गर्न आह्वान गरेका छन् ।

बंगलादेशको पूर्वाधारमा स्टारलिङ्कको कनेक्टिभिटीले रूपान्तरणकारी प्रभाव पार्ने, सरकारी समाचार एजेन्सी बीएसएसले रिपोर्ट गरेको छ । यसले विशेष गरी बंगलादेशका उद्यमी युवाहरू, ग्रामीण र कमजोर महिलाहरू, र दुर्गम र वञ्चित समुदायहरूलाई फाइदा पुर्‍याउने रिपोर्टमा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।