भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अन्जिला तुम्बापो सुब्बाले म्यान्मारसँग फाइनलमा हार बेहोरेपछि समर्थकसँग माफी मागेकी छन् । सामाजिक सञ्जाल भावुक स्ट्याटस लेखेर अन्जिलाले फाइनलमा फेरी चुकेको भन्दै समर्थकहरुसँग माफी मागेकी हुन् ।  

उनले भनेकी छन्- ‘फेरि पनि, हामी फाइनलमा पुग्यौं तर चुक्यौं। कप्तानको रूपमा, म सबै समर्थकहरूसँग माफी माग्न चाहन्छु ।’ उनले मैदानमा उपस्थित १६ हजार दर्शकहरू र सधैं हामीलाई माया गर्ने करोडौं समर्थकहरूले अपेक्षा गरेको र चाहेको नतिजा दिन नसकेको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्- म्यानमार हामीभन्दा धेरै बलियो टोली थियो। पहिलो हाफ राम्रो खेलेका थियौं, तर दोस्रो हाफमा मेरो पहिलो गोलको गल्तीका कारण गोल खान पुग्यौं। तपाईंहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छ। यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ । त्यसैले, आलोचनाभन्दा बढी, हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन् । यस्तै प्रतियोगिताहरू र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ ।’

अन्जिलाले पछिल्लो वर्षमा तीन वटा फाइनल खेलेको उल्लेख गर्दै यस्ता प्रतियोगिताहरू निरन्तर भए, एक दिन हामी अवश्य उपाधि उचाल्ने बताएकी छन् ।  साथै उनले यो प्रतियोगिता आयोजना गरी अवसर दिएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, सम्पूर्ण विभाग, र टिम स्टाफ सबैलाई धन्यवाद दिएकी छन् । कप्तान अन्जिलाले खेलाडीहरूलाई आलोचना नगर्न समेत अपिल गरेकी छन् ।

बुधबार दशरथ रंगशालामा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यान्मारसँग २-० गोल अन्तरले पराजित भएको थियो । 

फाइनल खेलमा खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यान्मारले २-० को नतिजा निकालेको थियो । पहिलो हाफमा निकै उत्कृष्ट फुटबल खेलेको नेपालले दोस्रो हाफमा केहि मिनेट सन्तुलन गुमाउदा २ गोल खाएको थियो ।

योसँगै नेपालले पछिल्लो १५ वर्षमा आफ्नो १३औं फाइनलमा पनि हार बेहोरेको हो ।  यसअघि १२ फाइनलमा हार्दा नेपालले साफ च्याम्पियसिपको छ वटा फाइनलमा उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै सन् २०१०, २०१६ र २०१९ को साग गेम्सको स्वर्ण पटकका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको थियो ।   

नेपाल साफ च्याम्पियनसिपमा ६ पटक २०१०, २०१२, २०१४, २०१९, २०२२ र २०२४ मा फाइनल खेलेको थियो भने साग गेम्समा ३ पटक २०१०, २०१६ र २०१९मा फाइनल खेलेको थियो । त्यस्तै नाडेज्दा कप २०१९ मा फाइनलमा उज्वेकिस्तानसँग पराजित भएको थियो भने हिरो वुमन्स गोल्डकपको फाइनलमा २०१९ मा म्यान्मारसँग पराजित भएको थियो । त्यस्तै वाफ वुमन्सको फाइनलमा २०२४ मा जोर्डनसँग पराजित भएको थियो भने यस पटक इन्टरनेसनल वुमन्स च्याम्पियनसिपमा म्यान्मारसँग पराजित भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।