‘ब्लू घोस्ट’ सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण

काठमाडौँ । फायरफ्लाइ एयरोस्पेसको चन्द्र अभियान ब्लू घोस्ट सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ ।

अवतरण चन्द्रमाको मारे क्रिसियम क्षेत्रमा भएको थियो । यो मिसन चन्द्रमाको यो अदृश्य भागमा अवतरण गर्ने तीन प्रमुख अन्तरिक्ष अभियानहरूको सुरुवात हो । ब्लू घोस्ट मिसन जनवरी १५, २०२५ मा स्पेसएक्सको रकेट फाल्कन ९ मार्फत अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो ।

यो अन्तरिक्ष मिसनले लगभग एक महिनासम्म पृथ्वीको परिक्रमा गरेपछि चन्द्रमामा अवतरण गरेको थियो । १६ दिनसम्म चन्द्रमाको कक्षमा बसेपछि, यो मार्च २ मा सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको थियो । फायरफ्लाइ एयरोस्पेस कम्पनीले एक विज्ञप्ति जारी गर्दै ब्लू घोस्ट चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको जनाएको छ ।

यससँगै, फायरफ्लाइ एयरोस्पेस चन्द्रमामा अन्तरिक्ष यान अवतरण गर्ने पहिलो निजी कम्पनी बनेको छ । यो चन्द्रमाको अन्वेषणको दिशामा ठूलो कदम साबित हुनेछ । फायरफ्लाइ एयरोस्पेसले नासाको सहयोगमा यो अभियान सम्पन्न गरेको थियो ।

नासाले आफ्नो कमर्सियल लुनार पेलोड सर्भिसेज कार्यक्रमको एक हिस्सा, ब्लू घोस्ट मिसनसँग १० वटा पेलोड पठाउँदैछ । यस मिसनको उद्देश्य चन्द्रमाको वायुमण्डलको बारेमा महत्त्वपूर्ण जानकारी सङ्कलन गर्नु हो । ब्लू घोस्टले चन्द्रमाको भित्री भागमा तापको प्रवाहको अध्ययन गर्नेछ, जसले वैज्ञानिकहरूलाई चन्द्रमामा तापको उत्पत्ति निर्धारण गर्न मद्दत गर्नेछ ।

ब्लू घोस्ट मिसन लगभग १४ दिनसम्म चल्छ, जुन चन्द्रमामा एक दिन बिताउनु बराबर हो । फायरफ्लाइ एयरोस्पेसको यो सफल मिसनले चन्द्रमामा मानव पहुँच बढाउने प्रयासलाई बढावा दिनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।