नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्छु- प्रशिक्षक रस

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नव नियुक्त मुख्य प्रशिक्षक म्याट रसले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अष्ट्रेलियन प्रशिक्षक रसलाई एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेपछि सोमबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका हुन् ।
प्रशिक्षक रसले साफ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्यसहित काम गर्न लागेको बताउदै नेपाली टोलीमा योग्य र क्षमतावान् खेलाडी रहेको बताएका छन् ।

उनले विशेषगरी यु–२० टोलीका खेलाडीहरूको क्षमतालाई थप निखार्ने योजना रहेको पनि सुनाए ।

करिब २० वर्षको प्रशिक्षण अनुभव बोकेको प्रशिक्षक रसले तल्लो तहदेखि खेलाडी विकास गर्नुपर्ने आवश्यकता औंल्याउदै केही खेलाडीलाई केपी ओली कप र झापा गोल्डकपमा हेरेको र उनीहरुसँग काम गर्न उत्साहित रहेको बताए ।

अष्ट्रेलियामा सेमि–प्रोफेसनल फुटबल खेलिरहेका नेपाली खेलाडीहरूको लागि राष्ट्रिय टोलीको ढोका खुला रहने स्पष्ट पार्दै उनले सबैभन्दा योग्य खेलाडीहरूलाई अवसर दिने प्रतिवद्धता व्यक्त गरे ।

रसले म्यानमारविरुद्धको नेपाली महिला टोलीको खेल
हेरेको अनुभव साझा गर्दै नेपालमा फुटबलप्रति अपार क्रेज रहेको बताए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।