मुख्यमन्त्री सिंहद्वारा रौतहटका थप १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन

सञ्जय मिश्रा /रौतहट, २३ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको मध्यभाग गरुडा–शिवनगर चौकस्थित मापदण्ड विपरीत सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंहले बिहीवार अबेर साँझ गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरुको छड्के अनुगमन निरीक्षण गर्दै मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् ।

गरुडा नगरपालिका–५ शिवनगरमा स्थित आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालि, गरुडा –४ गरुडामा अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति, होप हस्पिटल लगाएतका हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

अनुगमनको क्रममा नियम  विपरीत सञ्चालन गरिएको पाइएकोले उक्त अस्पिटलहरु बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले बताएका थिए। मापदण्ड पुरा गरेपछि मात्र सञ्चालन गर्न त्यस अघी नियम प्रक्रिया नपुगुन्जेलसम्म हस्पिटल बन्द राख्न सञ्चालकहरुलाई लिखित पत्र थमाएका थिए ।

मापदण्ड पुरा नगरी हस्पिटल सञ्चालन गरेको पाइएमा अस्पताल सञ्चालकलाई पक्राउ गरी कार्यवाही गर्ने समेत मुख्यमन्त्री सिंहले चेतावनी दीएका छन् ।
मुख्यमन्त्री सतिश कुमार सिंह गरुडामा  अनुगमन गर्न आएको थाहा पाउने वितिकै कैयौं हस्पिटलका सञ्चालकहरुको भागाभाग  भएको थियो।

गरुडा शिवनगरमा अबैध हस्पिटल सञ्चालन गरी उपचारको नाममा सर्वसाधारणसँग चर्को शुल्क असुल्दै आएको गुनासोको आधारमा बिहीवार अनुगमन गरिएको मुख्यमन्त्री सिंहले बताएका थिए।

झोले हस्पिटलको रुपमा रहेको सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति अस्पतालका सञ्चालकहरु हस्पिटल बन्द गरी फरार भएका थिए । तर पनि मुख्यमन्त्री सिंहले ति हस्पिटलहरुलाई समेत कार्यवाही स्वरुप बन्द गर्न निर्देशन दिएका हुन ।

त्यस्तै वर्षौदेखी विरामीलाई लुटदै आएका शिवनगरका आनन्द हस्पिटल एक्यूपन्चर सेन्टरका सञ्चालक एवं कथित डाक्टर उमेश प्रसाद साह मुख्यमन्त्री सिंह आए पछि हस्पिटल छाडेर फरार भएका थिए ।

अनुगमनको क्रममा आनन्द हस्पिटल अनुमति गरुडा नगरपालिकाबाट कानुन विपरीत २५ बेडको अनुमति लिएर ६० भन्दा बढी बेड राखेको, एउटा भवनमा हस्पिटल सञ्चालन गर्ने अनुमति लिएर तिनवटा भवनमा  सञ्चालन गरेको, अन्य मापदण्ड पुरा नगरेको देखिएको मुख्यमन्त्री सिंहले बताएका छन्।

पालिकाले निजी अस्पताललाई १५  बेडको मात्र अनुमति दिने अधिकार बिपरित गरुडा नगरपालिकाले आनन्द हस्पिटललाई २५ शैया बेडको अस्पताल सञ्चालन गर्न अनुमति दिएको देखिएकोले गरुडा नगरपालिकालाई समेत कार्यवाही हुने बताएका छन् ।

रौतहट जिल्लामा पछिल्लो समय मापदण्ड विपरीत अस्पताल सञ्चालन गर्ने क्रम बढेको छ ।  अधिकांश अस्पतालमा एम्बुलेन्स रोक्ने पार्किङ स्थल समेत छैन । यस्ता अस्पतालको निगरानी र अनुगमन हुन नसक्दा बेथिति र सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।गौर चन्दरनिगाहपुर सडक खण्डमा दर्जनौ स्थानमा दर्ता नै नभएका निजी अस्पतालहरु संचालनमा रहेको छन ।

मुख्यमन्त्री सिंहले यस अघी चन्द्रनिगाहपुर स्थित अनुगमनको क्रममा १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका थिए।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖