अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा पोखरिया मावि प्रथम

विराटनगर । विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको समन्वयमा पोखरिया माविले आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालयका हाजिरीजवाफ प्रतियोगितामा आयोजक पोखरिया मावि प्रथम भएको छ ।

विद्यार्थीहरूको बौद्धिकसहित चौतर्फी व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा ३२ वटा विद्यालयलाई पछि पार्दै पोखरिया प्रथम भएको हो । आधारभूत तह (कक्षा ६–८) अन्तर्गत भएको प्रतियोगितामा मदननगर आधारभूत विद्यालय द्वितीय, सत्यनारायण मावि तृतीय र बाल मावि रानीले सान्त्वना स्थान प्राप्त गरे । विजेता विद्यालयलाई क्रमशः २१, १५, १२ र ६ हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि नागेश कोइरालाले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विद्यार्थीको बौद्धिक विकासमा हाजिरजवाफ प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पाठ्यक्रमको अध्ययनसँगै बाहिरी ज्ञान हासिल गर्न विद्यार्थीहरूलाई आग्रहसमेत गर्नुभयो ।

उहाँले प्रविधिमैत्री र सीपमूलक शिक्षालाई महानगरले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको जानकारी दिनुभयो । त्यस्तै महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, पोखरिया माविका प्रधानाध्पापक खेमराज भट्टराई, व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मंगलबार र बुधबार दुई दिने प्रतियोगितामा महानगरभित्र सञ्चालित आधारभूत तह (कक्षा ६–८) का ३२ वटा विद्यालयको सहभागिता रहेको थियो । त्यस्तै प्राथमिक तह कक्षा १–५ अन्तर्गत सामुदायिक र संस्थागत १६ विद्यालयबीच पनि प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा ग्रिनल्याण्ड इङ्लिस स्कुल प्रथम, अर्पण इङ्लिस स्कुल द्वितीय एभरेष्ट इङ्लिस स्कुल तृतीय र बाल मन्दिर विद्या मन्दिर सान्त्वना भएको आयोजक विद्यालयका प्रअ भट्टराईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।