झापाको बिर्तामोडमा एक युवकले गरे पेट्रोल खन्याएर आत्मदाहको प्रयास
झापा । झापाको बिर्तामोडमा एक युवकले पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका छन्।
सुनसरी जिल्लाको इनरुवा नगरपालिका-९, बलाहका १९ वर्षीय मिकेश चौधरी बुधबार दिउँसो करिब १२:२५ बजे बिर्तामोड-४ स्थित एक सोफा बिक्री केन्द्रमा काम गर्न आएका थिए।
उनले कन्काई नगरपालिका-४, कोटिहिम नजिक आत्मदाहको प्रयास गरेका थिए। स्थानीयले घटना तुरुन्तै देखेर प्रहरीलाई खबर गरेपछि उनलाई उद्दार गरी बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका लागि पठाइएको छ।


