झापामा आगलागी हुँदा करिब २५ लाख बराबरको क्षति
झापा । झापा गाउँपालिकामा आगलागी हुँदा करिब २५ लाख बराबरको क्षति भएको छ ।
झापा गाउँपालिका वडा ४ डिल्लीराज माध्यमिक विद्यालयको पश्चिमपट्टि रहेको जिया तामाङ्गको भुईतल्ले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । हिजो राति करिब ९ बजेतिर विद्युत सर्ट भई सो आगलागी भएको आशंका गरिएको छ ।
आगलागीबाट अन्दाजी २५ लाख रुपैयाँबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक दिपिन राईले जानकारी दिएका छन् ।


