झापा र मोरङबाट प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ
विराटनगर, चैत्र ०१ गते । झापा र मोरङबाट प्रतिबन्धित लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका-१ स्थितमा कोठा भाडामा बस्दै आईरहेका २६ बर्षीय डेक बहादुर थापाको कोठामा लागु औषध बिक्री वितरण भई रहेको भन्ने सुचनाको आधारमा फागुन २९ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले थापा सहित ईलाम माङ्सेबुङ गाउँपालिका -३ की २५ बर्षीया अनु राई, झापा कमल गाउँपालिका-३ का २६ बर्षीय सुरज कुमाल, दमक-५ का २५ बर्षीय रकद धिमाल र दमक-७ का २८ बर्षीय बिर बहादुर पौडेललाई ट्रामाडोल ९० क्याप्सुल, SPASPAIN ७० चक्की र लागुऔषध खैरो हेरोईन ५ सय मिलिग्राम सहित नियन्त्रणमा लिएको थियो ।
यसैगरी फागुन २९ गते इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका-२ का १९ बर्षीय बिशाल परियार र १८ बर्षीया अप्सरा राईलाई निजहरुकै घरबाट ट्रामाडोल २३६ क्याप्सुल र प्रतिबन्धित औषधी २३० चक्की सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


