इटहरीमा मोटरसाइकल दुर्घटना ! युवकको ज्यान गयो, युवती घाइते

सुनसरी । सुनसरीको इटहरीमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–१२ मा प्रदेश १–०२–०४८ प ३८७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेर चालक विराटनगर महानगरपालिका–१० का २४ वर्षीय पुनम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराट नर्सिङ होममा बिहान सवा पाँच बजेतिर मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार उदयपुरको कटारी नगरपालिका–२ की २८ वर्षीया उमा सुनुवार घाइते भएकी छन् ।

सुनुवारको विराट नर्सिङमै उपचार भइरहेको छ । मादक पदार्थ सेवन मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।