धनकुटा सहिदभूमिका एक जना सहित मोरङ, झापाबाट लागूऔषध ब्राउनसुगर बोकेको अवस्थामा ६ जना पक्राउ

मोरङ,चैत्र ०३ गते । मोरङ, झापाको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत्र ०२ गते विराटनगर महानगरपालिका-१५ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा धनकुटा शहिदभूमी गाउँपालिका-४ का ३१ बर्षीय शिव राईलाई २ ग्राम ७१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरि इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-२ का २५ बर्षीय दिपक तामाङ, २६ बर्षीय मनिस तामाङ, २० बर्षीय रोहन निरौला, २६ बर्षीय मानब लिम्बुलाई ट्रमाडोल १८० क्याप्सुल, स्पासमिड ३७० ट्यावलेट र नगद ४९ हजार ५ सय रुपैया सहित पक्राउ गरेको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय कुमरखोद झापाले बिर्तामोड नगरपालिका-४ का अभिषेख साहलाई १ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।