मोरङ, सुनसरी र झापाबाट प्रतिबन्धित लागूऔषध सहित १० जना पक्राउ

बिराटनगर,चैत्र ०५ गते । मोरङ, सुनसरी र झापाका विभिन्न स्थानहरुबाट प्रतिवन्धित लागूऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-१५ स्थितबाट चैत्र ०४ गते लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ सुन्दर हरैचा-६ का २४ बर्षीय निश्‍चल तामाङ र २३ बर्षीय गोबिन्द नेपालीको साथबाट खैरो हिरोईन १ ग्राम ३१ मिलिग्राम, बेलबारी-३ का २९ बर्षीय ऐलिन भुजेललाई ३ ग्राम ५२ मिलिग्राम ब्राउन सुगर, सुनसरी इटहरी उप-महानगरपालिका-३ का ३८ बर्षीय कर्ण बहादुर राईलाई निषेधित औषधी २८ एम्पुल, बर्ष २१ को राकेश मल्लिक र सुनसरी बराहा क्षेत्र-८ का २२ बर्षीय शमिर धामीलाई नाईट्राभेट १०५ चक्की, निषेधित औषधी २८ एम्पुल सहित पक्राउ गरेको छ ।

त्यसैगरी अस्थायी प्रहरी पोष्ट टाँडीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ मिक्लाजुङ गाउँपालिका-३ का ४६ बर्षीय कर्ण बहादुर श्रेष्ठलाई ८५ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय धरानले धरान-११ का ३६ बर्षीय बिनोद राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल-२१० क्याप्सुल, स्पासपेन- २१०चक्की सहति पक्राउ गरेको छ ।

झापा मेचीनगर नगरपालिका-६ स्थितमा लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिलेचेकजाँचको क्रममा झापा गौरादह-९ का ३६ बर्षीय दिलिप कुमार गिरी र २५ बर्षीय सुरज राईलाई १ ग्राम ८४० मिलिग्रमा ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।