मोरङको कदमाहा गाउँमा भिषण आगलागी, चार वर्षीय बालिकाको जलेर मृत्यु
मोरङ, ५ चैत । मोरङको धनपालथान गाउँपालिका–७ स्थित कदमाहा गाउँमा भिषण आगलागी भएको छ ।
उक्त आगलागीका परी ४ वर्षीय बालिका रेस्मा खातुनको जलेर मृत्यु भएको छ ।
वडा अध्यक्ष सन्तोषकुमार यादवका अनुसार आगलागीमा १४ वटा घर जेलेर पूर्ण रुपमा नष्ट भएको छ ।


