इलाममा बृद्ध राईको हत्यामा संलग्न दुई जना पक्राउ

इलाम । करिब एक महिनाअगाडि गोरेटो बाटोमा मृत अवस्थामा फेला परेका इलाम नगरपालिका ४ बस्ने ६७ वर्षीय देउप्रसाद चाम्लिङ राईको हत्या भएको पुष्टि भएको छ ।

गत फागुन ३ गते आफ्नो घरदेखि अन्दाजी ३० मिटर पश्चिम गोरेटो बाटोमा उनी मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायब उपरीक्षक मानबहादुर राईसहितको टोली खटिएर घटनास्थलको मुचुल्कासमेत गरी शवलाई इलाम अस्पतालमा ल्याई पोस्टमार्टम गरिसकेपछि सदगतको लागि आफन्तले लिएर गएका थिए ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलामबाट विशेष अनुसन्धान टोली गठन गरिएको थियो । सो टोलीले घटनालाई सूक्ष्म एवं विस्तृत अनुसन्धान गर्दा कर्तव्य गरी मारेको तथ्य खुल्न आएको इलाम प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अभियुक्तहरूलाई प्रहरी परिचालन गरी खोजतलास गर्ने क्रममा चैत ३ गते आइतबार सन्दकपुर गाउँपालिका १ छरछरेबाट फेला पारी पक्राउ गरिएको डीएसपी मानबहादुर राईले बताए ।

पक्राउ पर्नेहरूमा सन्दकपुर १ छरछरेका ३२ वर्षीय राम राई र सोही ठाउँका २९ वर्षीय बिरेन भनिने वीरेन्द्र राई रहेका छन् । उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान कार्य भइरहेको डीएसपी राईले जानकारी दिएका छन् ।-न्यूज संजाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।