मोरङ र सुनसरीबाट प्रतिबन्धित लागू पदार्थ सहित चार जना पक्राउ

विराटनगर,चैत्र ०७ गते । मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू पदार्थ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत्र ०६ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय बेलबारी मोरङको संयुक्त टोलीले बेलबारी नगरपालिका-४ का ४३ बर्षीय पर्शुराम दर्जी र उनकै घरमा भाडामा बस्ने ३० बर्षीय सुशिल मोतेलाई घरबाटै लागूऔषध बिक्रिवितरण गरीरहेको अवस्थामा १७ ग्राम ८८ मिलिग्राम ब्राउन सुगर र ६१ हजार ६ सय ४० रुपैया सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले बिराटनगर महानगरपालिका-१६ स्थितबाट मोरङ सुन्दरहरैचा नगरपालिका-५ का २४ बर्षीय नेत्र बहादुर खनालको साथबाट विभिन्न प्रकारका प्रतिबन्धित औषधी ६० एम्पुल सहित पक्राउ गरेको हो ।

त्यसैगरी अस्थाई प्रहरी बिट बुढीखोलाबाट खटिएको प्रहरी टोलिले सुनसरी ईटहरी उप-महानगरपालिका-४ स्थितबाट इटहरी-१० का २५ बर्षीय सविन श्रेष्ठलाई ट्रमाडोल १ सय ९० ट्यावलेट सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागू पदार्थ सहित पक्राउ परेका उनिहरुको सम्बनधमा थप अनुशन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।