सुनसरी र मोरङबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर, चैत्र ०९ गते । सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

चैत्र ०८ गते सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले लगूऔषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा २९ बर्षीय कमल शाक्यलाई प्रतिबन्धित औषधी ट्रामोल- १ हजार ५० क्याप्सुल र धरान-११ का २१ बर्षीय कमलहाङ राईलाई लागू औषध ब्राउन सुगर १०० मिलिग्राम सहित पक्राउ गरेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलिले उर्लाबारी- ४ का २१ बर्षीय मनिष भुजेललाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।