इलाममा मासुका लागि काटियो जिउँदो गोरुको फिला

इलाम । इलाममा मासुका लागि जिउँदो गोरुको फिला काटिएको घटना सार्वजनिक भएको छ ।

इलामको सूर्योदय नगरपालिका-६ कन्याममा गोठमा बाँधिएको गोरुको फिला काटेको घटना सार्वजनिक भएको हो ।

स्थानीय राम राईले पालेको गोरुको एकापाटा फिलाको भाग काटिएको छ । हड्डीसम्म खुर्किएर करिब पाँच किलो मासु निकालिएको आशंका स्थानीयको छ ।

सो गोरुको यसअघि पनि फिला काटेर लगिएको थियो । घरेलु उपचारपछि निको हुँदै गएको थियो ।

लामो समयपछि गोरु बिस्तारै तंग्रिँदै थियो । तर, फेरि गोरुको फिलाको मासु काटिएको गोरु धनी राई बताउँछन् ।

बिहान गोठमा जाँदा गोरु मरिसकेको अवस्थामा फेला पारेको उनको दुःखेसो छ ।

‘जडीबुटी र औषधीमूलो गरेर मासु काटेको भाग पुरिन लागेको थियो, त्यही खुट्टाबाट फेरि झिकेर लगेछन्,’ भावुक हुँदै राईले भने ।

यसअघि पनि उनको गोठको अर्काे गोरुको फिला काटिएको थियो ।

पछिल्लो पटक घाइते गोरुको फिलाबाट पाँच किलो हाराहारी मासु काटेर लगेको उनको भनाइ छ ।

आफ्नो गोठमा बाँधिएको गोरुको फिला काट्ने क्रम नरोकिएपछि राईले स्थानीय जनप्रतिनिधि, प्रहरीलाई बोलाएर कारबाहीको लागि अनुरोध गरेका थिए ।-शब्द एक्स्प्रेस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।