बैशाखमा सिरिजङ्गा पर्यटन महाेत्सव हुँदै

ताप्लेजुङ  । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथै कंचनजंघा साहसिक पदमार्गमा पर्ने नयाँ झोरेनीमा आगामी बैशाख १३ देखि १५ गतेसम्म ‘सिरीजंघा पर्यटन महोत्सव–२०८२’ हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले महोत्सवको आधिकारिक लोगो तथा प्रोमो भिडियो सार्वजनिक गरिएको छ ।

ताप्लेजुङको सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा सिरीजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष तथा महोत्सव आयोजक समिति सचिवालयका संयोजक डा. चित्र मावो, पालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरबहादुर आङदेम्वे र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा महोत्सवको लोगो तथा प्रोमो सार्वजानिक गरिएको थियो । सो भिडियो प्रोमो मुन्धुम फिल्मस् युट्युव च्यानलबाट सार्वजानिक भएको छ ।

पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिन तयार पारिएको पम्लेट वाचन गर्दै पालिकाका अध्यक्ष चौहानले पर्यटन प्रर्वद्धन, जलबायु परिवर्तनको असरवारे सचेतना र आर्थिक समृद्धिको लागि सिरीजंघा पर्यटन महोत्सव २०८२ कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

यस्तै, महोत्सव आयोजक समिति सचिवालयका संयोजकसमेत रहेका उपाध्यक्ष डा मावोले उचित प्रचारप्रसार हुन सकेको खण्डमा सिरीजंघा गाउँपालिकाका प्रत्येक वडाहरु पर्यटकिय दृष्टिकोणले संभावनायुक्त रहेको र यसैको सुरुवातको रुपमा सिरीजंघा पर्यटन महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

महोत्वसअन्तरगत जलवायु परिवर्तनको असरबारे अध्ययन गर्न बैशाख ५ देखि १३ गतेसम्म कंचनजंघा साहसिक पदमार्ग अवलोकन कार्यक्रम, बैशाख १४ र १५ गते स्थानीय याक, चौरी प्रवद्र्धन तथा प्रर्दशन कार्यक्रम, बैशाख १५ गते कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता–२०८२ र सोही दिन बेलुका कला, साहित्य तथा संगीत कार्यक्रम आयोजना गरिने बताइएको छ ।

हाफ म्याराथन प्रतियोगिताको विजेतालाई २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ, उपविजेतालाई १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ र तेस्रो हुनेलाई ५८ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने पालिकाले घोषणा गरेको छ । यसै पालिकाभित्र पर्ने विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च शिखर कंचनजंघाको उचाई ८,५८६ मिटरलाई प्रतिविम्वित गर्ने गरि पुरस्कार राशीहरु निर्धारण गरिएको पालिकाका उपाध्यक्ष तथा सिरीजङ्घा पर्यटन महोत्सव समितिका संयोजक डा. चित्र मावोले बताए ।

समुन्द्र सतहबाट झण्डै ४५०० मिटरको उचाइमा आयोजना हुने कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिताको लागि कंचनजंघा साहसिक पदमार्गमा पर्ने नयाँ झोरेनी, कस्तुरे डाँडाँ, झण्डे डाँडा, सिन्दुरे ढुङ्गा, तुप्लुङ हुदै मछेवासम्मको दुरी कायम गरिएको छ । संघीय सरकारसँगको लागत साझेदारीमा सिरीजङ्घा गाउँपालिकाले निर्माण गरेको कंचनजंघा साहसिक पदमार्गबाट मकालुदेखि कंचनजंघासम्मको लामो हिमश्रृंखला अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।