प्रहरी चौकी खार्पा खोटाङको नवनिर्मित कार्यालय भवनको उद्घाटन

खोटाङ, चैत १० गते । खोटाङको रावाबेसी गाउँपालिका-२ स्थितमा नवनिर्मित प्रहरी चौकी खार्पा खोटाङको कार्यालय भवनको समुद्‍घाटन भएको छ ।

चैत्र १० गते एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यता तथा रावाबेशी गाउँपालिकाका अध्यक्ष्य फटिक कुमार श्रेष्ठ, खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरेको विशेष आतिथ्यतामा भवन समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको हो ।

भवनको समुद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि अधिकारीले प्रहरी चौकीको नव निर्मित भवनबाट आम नागरिकले प्राप्त गर्ने प्रहरी सेवा सहजता र सर्वसुलभ वातावरणमा उपलव्ध हुने तथा प्रहरीको दैनिकी समेत सहजरुपमा सम्पादन हुने उपस्थित सम्पुर्णमा विश्वास दिलाउनुका साथै भवन निर्माण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनु हुने सम्पुर्णमा धन्यावाद व्यक्त गर्नु भयो ।

भौतिक पुर्वाधारको अभावमा दैनिक प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर परेता पनि नागरिकमा प्रहरी सेवा उपलव्ध गराउदै आईरहेको प्रहरी चौकीले नव निर्मित भवन प्राप्त भए संगै प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउनु भयो ।

प्रहरीलाई सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोस र उर्जाका साथ दुर्जनको लागि डर र सज्जनको लागि भर भई आम नागरिकहरुमा सर्व सुलभ प्रहरी सेवा प्रदान गर्न तथा कार्यालयमा आउनु हुने सेवाग्राही, शोषित, पिडित, असाह्य नागरिकहरुलाई प्राथमिकतामा राखेर मिठो बोलीबचनका साथ प्रहरी सेवा प्रदान गर्न तथा नव निर्मित भवनलाई आफ्नो घर सम्झेर नियमित सरसफाई, सौन्दर्यकरण, मर्मत सम्भार, उच्च व्यवस्थापनमा ध्यान दिन समेत कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

समुद्‍घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका आर्किटेक प्रहरी उपरीक्षक हरि डंगोल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक बिष्ट, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, संचारकर्मी, प्रहरी कर्मचारीहरु लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरीका भौतिक संरचनाहरु नभएका प्रहरी ईकाईहरुलाई क्रमिक रुपले व्यवस्थित र गुणस्तरिय निर्माण गर्दै लैजाने क्रममा नेपाल सरकारको नियमित बजेटबाट उक्त प्रहरी चौकीको अढाई तले भवन ३ करोड ९२ लाख ८ हजार ७३ रुपैयाको लगतमा निर्माण कार्य सम्पन्न भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।