इलाममा १३ वर्षीया नाबालिकालाई बलात्कार पछि ३ लाख रुपैयाँ दिएर मिलाउन खोज्ने र बलात्कार आरोपी पक्राउ
इलाम । इलाममा १३ वर्षीया नाबालिकालाई बलात्कार गरिसकेपछि ३ लाख रुपैयाँ दिएर मिलाउन खोज्ने र बलात्कार आरोपीलाई झापाको सिमानाबाट पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा बलात्कारमा संलग्न इलाम माई नगरपालिका-२ बस्ने २४ वर्षीय केशव गिरी, उनका बुवा ५८ वर्षीय केदारनाथ गिरी, काका ४३ वर्षीय यादव भनिने नारायण गिरी र छिमेकी ३८ वर्षीय पाँचथरे भनिने तुलाधर अर्याल रहेका छन् ।
उनीहरुमध्ये पीडक केशव र नारायणलाई इलाम झापाको सिमानाबाट लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । केदारनाथ र अर्याललाई घरैबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।


