झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषध सहित ५ जना पक्राउ

बिराटनगर, चैत १२ गते । झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत ११ गते मेची बिट र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा ९ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित मे.६ प ९९७७ नम्बरको मोटरसाईकल चालक माई नगरपालिका-५ ईलामका ३३ बर्षीय भुपेन्द्र लावती र मोटरसाईकल पछाडि सवार बिर्तामोड-५ का २३ बर्षीय राजिब चौधरीलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१७ बाट को. २९ प ६४२७ नम्बरको मोटरसाईकल चालक बेलबारी-११ का २९ बर्षीय आशिष राई र मोटरसाईकल पछाडी सवार २९ बर्षीय आशिष तामाङलाई ६ ग्राम १२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने सुनसरी धरानका २४ बर्षीय अफ्रोज सिद्धिकीलाई ट्रामाडोल १२० क्याप्सुल र १२० ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय धरान सुनसरीले पक्राउ गरेको हो ।

प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।