बिर्तामोड स्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाको सहकारी पसलमा चोरी गरी फरार युवक पक्राउ
झापा । विराट अर्जुन सहकारी संस्थाले सञ्चालन गरेको सहकारी पसलमा दिउँसै चोरी भएको घटनामा संलग्न रहेको युवालाई प्रहरीले बिर्तामोड क्षेत्रबाट पक्राउ गरेको छ।
बिर्तामोड-४ स्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाको सहकारी पसलमा चोरी गरी फरार युवक पक्राउ परेका छन् । चोरी गरेको अभियोगमा शिवसताक्षी-७ झिलझिले बस्ने २४ वर्षीय विवेक मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
गत चैत २ गते बिहान ९:५४ बजे सहकारी पसलबाट १३ हजार ८०० रुपैयाँ चोरी भएको थियो । सिसिटिभी फुटेजका आधारमा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सहकारी पसलको सटर बन्द गरेर संचालकहरुले बैठक गरिरहेको मौकामा मगरले सटर खोलेर चोरी गरेका थिए । चोरी गर्दै गरेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।-बिर्तामोड झापाबाट


