धनकुटा सहित विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजा ओसार पसारमा संलग्न ११ जना पक्राउ

विराटनगर,चैत्र १३ गते । मोरङ झापा र धनकुटाको विभिन्न स्थानहरुबाट ९ जनालाई ९७ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर सहित र प्रतिवन्धित औषधी र गाँजा ओसार पसारमा संलग्न २ जना सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत्र १२ गते लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँको क्रममा देश भारत वेष्ट बंगाल का ३२ बर्षीय साम्सद खान र २७ बर्षीय साहेव अलीलाई ब्राउन सुगर ८७ ग्राम ३४०मिलिग्राम सहित झापा मेचीनगर नगरपालिका-६ स्थितबाट पक्राउ गरेको छ ।

त्यसैगरी विराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा देश भारत राज्य विहार अररिया नरपथगंजका २२ बर्षीय मोहमद नहिमलाई ब्राउन सुगर १ ग्राम ७ मिलिग्राम, उदयपुर चौदण्डीगढी नगरपालिका- ६ का २७ बर्षीय पेशल बस्नेत र २३ बर्षीय गगन खतिवडालाई १ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर र NITRAVET-10- १५ ट्याबेलट, मोरङ सुन्दरहरैचा- ५ का १९ बर्षीय कबिन राईलाई ४ ग्राम ३२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-१० का १८ बर्षीय रविन थाङ्देन र २१ बर्षीय अमृत तामाङलाई प्रतिबन्धित औषधी २ सय ३८ ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय पकलीले स्थानिय २६ बर्षीय मो.सादिक मिँया र ३५ बर्षीय मो.समिर मिँयालाई ब्राउन सुगर ४ ग्राम ६२० मिलिग्राम सहित पक्राउ गरेको छ ।

यसैगरी धनकुटा साँगुरीगढी गाउँपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा यात्रुवाहक बसमा सवार रहेका धनकुटा सहिदभुमी- ७ का ३२ बर्षीय चिरन्जिवी राईलाई १५ किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।