इटहरी आगलागी अपडेट : १६ जनाको उद्धार, ३ जनाको उद्धारका लागि हेलिकप्टर पुग्यो

सुनसरी । इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा भएको आगलागीबाट हालसम्म १६ जनाको उद्धार गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । उद्धार हुनेमा ५ जना महिला र ११ जना पुरुष रहेका छन् ।

आगलागीमा फसेका ३ जनाको उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको मन्त्रालयले जनाएको छ ।

बिहान करिब १० बजेर १५ मिनेट जाँदा सेन्टरको चौथो तल्लामा सुरु भएको थियो ।

आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीबाट वरिष्ठ उपरीक्षक मनिष थापाको कमान्डमा १०५ जना, नेपाली सेना, नेपाल प्रहरी र ६ वटा दमकलसहित स्थानीय बासिन्दाहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖