धनकुटामा भलिवल उत्सव हुने
धनकुटा,१३ चैत । धनकुटामा आगामी बैशाख ५ गतेदेखि २० गतेसम्म भलिवल उत्सव हुने भएको छ । जिल्ला भलिवल संघ धनकुटाको आयोजनामा उत्सव हुन लागेको हो ।
धनकुटामा बुधबार पत्रकार सम्मेलन गर्दे आयोजना दिएको जानकारी अनुसार आगामी बैशाख ५ गतेदेखि २० गतेसम्म भलिवल उत्सव हुने भएको हो । भलिवल उत्सवमा वडा स्तरीय पुरुष भलिबल र स्थानीय तह स्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
वडास्तरीय पुरुष भलिबलमा ६० वटै वडाका टीम र पालिका स्तरीय महिला भलिबलमा धनकुटाका ७ वटै स्थानीय तहका टीमको सहभागिता रहने जिल्ला भलिबल संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले जानकारी दिए ।
खेलाडी उत्पादन गर्ने, खेलाडी छनोट गर्ने, खेलको माध्यम बाट स्थानिय पर्यटन प्रद्धर्धन गर्ने उद्धेश्य समेत खेलको रहेकोले यस लाई उत्सवको रुपमा संचालन गर्न लागिएको अध्यक्ष कार्किको भनाइ छ । पछिल्लो समय धनकुटामा धेरै भलिबलका प्रतियोगिता भए पनि खेलाडी उत्पादन नभएका कारण उत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।
भलिबल उत्सव पछि वडास्तरबाट खेलाडी छनोट गरिने र खेलाडिलाई बन्द प्रशिक्षणमा राखिने बताइएको छ । उत्सवमा स्थानिय कला संस्कृति जगेर्ना गर्ने, धनकुटामा भएका स्थानीय उत्पादिन बस्तु प्रदर्शन तथा विक्रि गरीने र लोप हँदै गएका स्थानिय पञ्जेबाजा लगायतका लोपोन्मुख बाजाको संरक्षण गर्ने जस्ता कार्यक्रम समेत समेटिएको आयोजकको भनाइ छ ।
धनकुटामा धेरै भलिबलका प्रतियोगिता भए पनि खेलाडी उत्पादन नभएका कारण उत्सव गर्न लागिएको आयोजकले जनाएको छ । भलिबल उत्सव पछि वडास्तरबाट खेलाडी छनोट गरीने र खेलाडिलाई बन्द प्रशिक्षणमा राखिने बताइएको छ। यस्तै उत्सवपछि स्थानिय कला संस्कृति जगेर्ना गर्ने, धनकुटामा भएका स्थानीय उत्पादिन बस्तु प्रदर्शन तथा विक्रि गरीने र लोप हँदै गएका स्थानिय पञ्जेबाजा लगायतका लोपोन्मुख बाजाको संरक्षण हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा हुने आयोजकले जनाएको छ ।


