आयोजक बन्यो टि–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन

विराटनगर । आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइलन भिडन्तमा घरेलु टिम मोरङ जिल्लालाई २ विकेटले पराजित गर्दै आयोजकले उपाधि जितेको हो ।

जितसँगै आयोजकले नगद १ लाख १ हजार रुपैया हात पार्यो । उपबिजेता बनेको मोरङले नगद ५१ हजार रुपैयाँमा चित्त बुझायो ।
मोरङले दिएको १२० रनको लक्ष्य आयोजकले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । आयोजकको जितमा कृष शर्माले २४ रन बनाए । उनले १९ बलमा दुई चौका प्रहार गरे । सौगात भट्टराईले अविजित १८ बलमा १९ रनको योगदान दिए । उनले १ चौका प्रहार गरे । उनी खेलको प्लयेर अफ द फाइनल घोषित भए । प्रशान साहले अविजित १२ बलमा १३ रन पारी खेल्दा सागर मोचेले १८ बलमा १६ रनको योगदान दिए । निरज मुखियाले ६ बलमा १४ रन र मुकुन्द यादवले १३ बलमा १० रन बनाए ।

मोरङका बलर मेहबुब इराकी २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । एरन अलीले ३.५ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको मोरङले २० ओभरमा ७ विकेटको क्षतिमा ११९ रनको मध्यम योगफल बनाएको थियो । कमलदेव चौधरीले अविजित ४२ बलमा ४३ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । कृतिक कामतले ४३ बलमा ३४ रन बनाए । उनले २ चौका हिर्काए । कपिल मण्डलले अविजित १० बलमा २५ रनको योगदान दिए । मोरङका अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।

आयोजकका जोशक खड्काले ४ ओभरमा १६ रन खर्चेर दुई विकेट लिए भने प्रशान्त साह र सौगात भट्टराईले समान १ –१ विकेट लिए ।
खेलको प्यलेर अफ द सिरिज मोरङ जिल्लाका मिनस थापा घोषित भए । उनले नगद १५ हजार पाए । बेस्ट ब्याटरमा आयोजकका मुकुन यादव, र बेस्ट बलरमा उदयपुर जिल्लाका तेज आचार्य घोषित भए । उनीहरुले जनही ११ हजार रुपैयाँ पाए ।

मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनामा चैत १२ गतेदेखि भएको प्रतियोगितामा क्यानमा आवद्ध ६ वटा जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता हुने टिमलाई प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशकी उपाध्यक्ष बिन्ध्या कार्की, जिल्ला खेलकुद विकास समिति मोरङकी सदस्य शान्ता जोशी, मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीका अध्यक्ष मुररी चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖