धनकुटाको सहिदभूमिमा सम्पन्न सहिद प्रकाश थापा स्मृति कप भलिबल प्रतियोगिताको उपाधि षडानन्द नगरपालिका भोजपुरलाई

नरेन्द्र कश्चित,धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं-१ घंघरुमा पाँचौँ सहिद प्रकाश थापा स्मृति कप अन्त्तरपालिका स्तरीय खुुल्ला पुरुष भलिबल प्रतियोगितामा भोजपुरको षडानन्द नगरपालिका विजेता बनेसँगै शनिबार सम्पन्न भएको छ । 

सहिदभूमि गाउँपालिका वडा नं-१ को घंघरुमा शनिबार सम्पन्न फाइनल खेलमा षडानन्द नगरपालिका भोजपुरले मोरङको बेलवारी नगरपालिकालाई २५–१८, २५–२१, २२–२५ र २५–२१ को सेटमा हराउँदै विजेता बनेको हो । 

विजेता षडानन्द नगरपालिका भोजपुरले उपाधिसँगै एक लाख २१ हजार रुपियाँ हात पारेको छ भने उपविजेता बेलवारी नगरपालिका मोरङ्गले ६५ हजार रुपियाँ प्राप्त गरेको छ । 

विजेता हुने षडानन्द नगरपालिका भोजपुरलाई समापन समारोहका प्रमुख अतिथि सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईद्वारा पुरस्कार वितरण गरिएको थियो ।चैत्र १३ गतेदेखि शुुरु भएको पाँचौँ सहिद प्रकाश थापा स्मृति कप अन्त्तरपालिका स्तरीय खुुल्ला पुरुष भलिबल प्रतियोगितामा आयोजक टिम सहित हतुवा गढी गाउँपालिका भोजपुर, षडानन्द नगरपालिका भोजपुर, बेलबारी नगरपालिका मोरङ, साँगुरी गढी गाउँपालिका धनकुटा र छथर जोरपाटी गाउँपालिका धनकुटा गरी ६ टिमको सहभागिता रहेको थियो । 

२०५७ सालमा तत्कालीन माओवादीसँगको भिडन्तमा कालिकोटको कोडबडा कुमालगाउँमा मृत्यु भएका प्रहरी नायब निरीक्षक प्रकाश थापाको सम्झानामा २०७६ सालबाट ट्रस्ट स्थापना गरी पुरुष भलिबल प्रतियोगिता संचालन गरिदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖