संखुवासभाको चैनपुरमा दुई वटा शंकास्पद वस्तु फेला
संखुवासभा । संखुवासभाको पुरानो सदरमुकाम चैनपुरमा दुई वटा शंकास्पद वस्तु फेला परेको छ ।
सोमबार बिहान चैनपुर नगरपालिका–६ मा नगरपालिकाका कर्मचारीले सरसफाइ गर्ने क्रममा दुई वटा शंकास्पद वस्तु फेला परेको हो ।
नगरपालिकाका कर्मचारीहरुले सरसफाई गर्ने क्रममा बाटोको बाँयापट्टी तारसहित जमिनमा गाडिएको अवस्थामा दुई स्थानमा शंकास्पद वस्तु फेला पारेको हो ।
शंकास्पद वस्तु बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको छ ।


