इलाममा गर्भवती श्रीमतीलाई घुम्न लगेर एक्साभेटरले गाडेपछि…

इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा गर्भवती श्रीमतीको रहस्यमय रूपमा बेपत्ता भएको घटनाले आतंक मच्चाएपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो ।

प्रारम्भमा श्रीमान् उमेश गिरीले १९ वर्षीया श्रीमती विमला कट्टेल हराएको भन्दै प्रहरी चौकी आमचोकमा निवेदन दिएका थिए । तर अनुसन्धान अघि बढ्दै जाँदा वास्तविकता झन् भयावह रूपमा बाहिर आयो ।

प्रहरी अनुसन्धानका क्रममा उमेश गिरीकै संलग्नता रहेको प्रमाण फेला परेपछि उनलाई नियन्त्रणमा लिइयो । प्रहरीका अनुसार गिरी, एक्साभेटर चालक थिए । उनले फागुन २९ गते आफ्नै श्रीमतीलाई घुम्न जाने बहानामा धार्नेखोप पुर्याए । त्यहाँ उनले विमलालाई मुक्का प्रहार गरी लडाए, त्यसपछि घाँटी थिचेर हत्या गरे । घटनालाई लुकाउन उनले आफ्नै एक्साभेटर प्रयोग गरी खाल्डो खनेर शव गाडेका थिए ।

घटना गम्भीर बन्दै गएपछि प्रहरीले गहिरो अनुसन्धान गर्दै जाँदा चैत्र १५ गते फाकफोकथुम गाउँपालिका वडा नम्बर २ धार्नेखोपस्थित दाहाल गोलाईमा गाडिएको विमलाको शव फेला पार्यो ।

पक्राउ परेका उमेश गिरीलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।