इलाममा बोलेरो दुर्घटना
इलाम । मेची राजमार्गअन्तर्गतको इलाममा बोलेरो दुर्घटना भएको छ ।
इलाम नगरपालिका १ साखेजुङ स्थित नेपालटार छेउको गोलाईबाट यात्रुबाहक बोलेरो झरेर दुर्घटना भएको हो ।
ताप्लेजुङबाट झापा हिंडेको मे १ ज २६४५ नम्बरको बोलेरोमा ११ यात्रु थिए ।
घाइतेहरुलाई अस्पताल लगिँदैछ भने घटनाको थप विवरण आउन बाँकी छ ।


