उदयपुरबाट लागूऔषध ओसार पसारमा संलग्न ७ जना पक्राउ

उदयपुर, चैत्र २० गते । उदयपुरको कटारी नगरपालिका-४ स्थितबाट नियन्त्रित लागूऔषध १० हजार ४ सय ६३ ट्याव्लेट र गाँजा १०० ग्राम सहित ओसार पसारमा संलग्न ७ जनालाई इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको छ ।

चैत्र १९ गते कटारी नगरपालिका-४ स्थित बजारमा लागू औषधको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीलेओसार पसारमा संलग्न रहेका कटारी-७ का २९ बर्षीय हरि बहादुर तामाङ, कटारी-८ का १९ बर्षीय भक्त बहादुर तामाङ, २५ बर्षीय सोम कृष्ण राई, कटारी-४ का २३ बर्षीय अनमोल मगर, २० बर्षीया आरती राउत, २३ बर्षीय सरद कुमार सुनुवार र १९ बर्षीय बिक्रम साशंकारलाई TRUPAIN TABLET- ४ हजार ४ सय ३१ चक्की, SPASPAIN TABLET- ५ हजार ९ सय १२ चक्की र TAPENTA TABLET- १२० चक्की, गाँजा १०० ग्राम, नगद २ लाख ४७ हजार ७ सय २० रुपैया र २ थान मोटरसाईकल सहित पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖