झापा बिर्तामोडकी १९ वर्षीया निशा बेपत्ता..
झापा । बिर्तामोडबाट १९ वर्षीया निशा शाहा हराएको परिवारले जानकारी गराएको छ।
हिजोदेखि आफ्नै निवासबाट हराएकी निशाको अहिलेसम्म कुनै पत्ता नलागेकोले परिवार चिन्तित बनेको छ।
निशाका परिवारजनले विभिन्न ठाउँमा खोजी गरिरहे पनि उनको कुनै जानकारी प्राप्त हुन नसकेको बताएका छन्। यदि कसैले उनलाई देख्नु भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई तुरुन्तै खबर गरिदिन अनुरोध गरिएको छ।
सम्पर्क: 9825998612 / 9814933527


