झापामा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
झापा । झापा गाउँपालिका वडा नं. ३, झाटीस्थित भित्री पक्की सडकखण्डमा बुधबार बेलुका सवारी दुर्घटनामा परेर एक व्यक्तिको मृत्यु भएको छ।
साँझ करिब १६:३० बजे झाटीबाट कामाटोलीतर्फ गइरहेको मे १ त ४१०७ नम्बरको ट्र्याक्टरमा सवार ६० वर्षीय रमेश हस्ता अचानक बेहोस भई ट्र्याक्टरबाट लडेका थिए।
घाइते अवस्थाका उनलाई तत्काल स्वास्थ्य चौकी शरणामति लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रदेशिक अस्पताल भद्रपुर पठाइएको थियो, जहाँ साँझ १८:३० बजे उपचारकै क्रममा उनको मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका छन्।
मृतकको शव प्रदेशिक अस्पताल भद्रपुरको शव गृहमा पोष्टमार्टमका लागि राखिएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।


