झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित १२ जना पक्राउ

विराटनगर,चैत्र २१ गते । झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

चैत्र २० गते दिउँसो सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा ईटहरी उप-महानगरपालिका-१६ का ३४ बर्षीय मनोज कुमार चौधरीलाई २७ ग्राम २७ मिलिग्राम र ईटहरी-६ का २३ बर्षीय सनम तामाङलाई २६ ग्राम, ईटहरी-२ का २७ बर्षीय निरज लिम्बु, २२ बर्षीय सन्दिप मगरलाई ३ ग्राम ५६ मिलिग्राम, सुनसरी रामधुनी-९ का १६ बर्षीय आदित्या चौधरीलाई २ ग्राम १ मिलिग्राम, रामधुनी- का २६ बर्षीय मनिष चौधरीलाई २ ग्राम ५६ मिलिग्राम, धरान-१७ का २८ बर्षीय बेगराज लिम्बु र ३४ बर्षीय सागर राईलाई ३ ग्राम १३ मिलिग्राम, रानधुनी-५ का २६ बर्षीय बिज्ञान साहलाई ३५ ग्राम ८८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरी हरिनगर-१ स्थितमा प्रहरी चैकी भुटाहाबाट खटिएको प्रहरी टोलिले सोही स्थनाका २०बर्षीय प्रकाश कुमार दाश र २२ बर्षीय रितेश कुमार मण्डललाई प्रतिबन्धित लागु औषधी नाईट्राजेपाम-१२० ट्याब्लेट सहित पक्राउ गरेको छ ।

त्यसैगरी झापाको अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्क झापाबाट गस्तिमा खटिएको प्रहरी टोलिले बिर्तामोड नगरपालीका-४ का ३२ बर्षीय बिकी साहलाई ३४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।