विराटनगरमा भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी तालिम सुरु

विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गतको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजनामा बिहीबारदेखि तीनदिने भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी तालिम सुरु भएको छ ।

विराटनगर–११ स्थित बाल कल्याण विद्या मन्दिर (विकेभिएम) मा आयोजित समारोहमा तालिमको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएको मेयर कोइराला र प्रमुख प्रशिक्षक इन्जिनियर अशोक ठकुल्लाले संयुक्त रुपमा ड्रोन उडाएर तालिमको उद्घाटन गर्नुभयो ।

विकेभिएम स्कुलका प्राचार्य रविन दाहालको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विपदको समयमा विराटनगर महानगरपालिकाका विभिन्न स्थान जोखिममा पर्ने र उचित प्रविधि र प्राविधिक जनशक्तिको अभावमा महानगरपालिकाले चाहेर पनि विपद व्यवस्थापनमा तीव्रता लिन नसकेको बताउनुभयो ।

तीनदिने तालिममा विद्यार्थीहरुले जीआईएसको प्रयोग गरी विपद व्यवस्थापनमा टेवा पु¥याउन सक्ने सक्षम युवा जनशक्ति विराटनगरले पाउँछ भन्ने आशा व्यक्त गर्दै समितिलाई धन्यवाद दिनुभयो । प्राचार्य दाहालले जीआईएस र एआईजस्ता विषय महानगरको स्थानीय पाठ्यक्रममा पनि समावेश गरिएमा मात्रै आधुनिक शिक्षा क्षेत्रमा सुदृढीकरण गर्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक ई. अशोक ठकुल्लाले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्नुभयो । कार्यक्रम ३० जना सहभागी लक्षित थियो भने दोब्बर आवेदन प्राप्त भएको र विद्यार्थी छनोट गर्न निकै समस्या भएको समितिका सदस्य ओशन शर्मा कट्टेलले बताउनुभयो । कार्यक्रममा समितिका सदस्य उदिप पोखरेल, प्रितम साह, दर्शन पौडेललगायतले तालिम निकै उपलब्धिमूलक हुने बताउनुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका निजी तथा सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थी र पूर्वाञ्चल, त्रिभुवन तथा काठमाडौं विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरू सहभागी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖