नेविसंघको स्थापना दिवसमा सरसफाइ तथा दिप प्रज्वलन

धनकुटा । नेपाल विद्यार्थी संघको ५६ औ स्थापना दिवस भव्य रुपमा मनाईएको छ ।यो अवसरमा शनिवार धनकुटा वहुमुखी क्याम्पसमा नेपाली विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस इकाई समितीले क्याम्पसमा रहेको वी पि स्मृती उद्यानको मर्मत सम्भार सरसफाई, दिपावली र शुभ कामना आदान-प्रदान गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती नेविसंघ धवक्या ईकाई समितिका सभापती दिनेश राईले कार्यक्रमको शुभारम्भ गर्दै नेविसंघ परिवर्तन र निर्माणका सम्वाहक भएको विताउनु भयो ।

त्यस्तै जिल्ला सचिव तथा नेविसंघ धवक्याका पूर्व सभापती विजय सन्तोषी राई,महाधिवेशन प्रतिनिधि नेविसंघका पूर्व सभापती खेमराराज पौडेल,नेविसंघ धनकुटा ईकाई समितिका अध्यक्ष स्ववियू उपसभापती सुवास खनाल,त्रिविवि कर्मचारी संघ धवक्याका सदस्य श्याम श्रेष्ठ,नेविसंघ धनकुटा जिल्लाका सदस्य तथा जितपुर क्याम्पसका स्ववियू भापती निरुस्ता खड्का,धनकुटा वहुमुखी क्याम्पसका स्ववियू सचिव मिलन बुढाथोकी,कोषाध्यक्ष रञ्जन कार्की,सदस्य सुनिता पौडेल,शौरभ रिमाल लगायतका विद्यार्थी नेताहरुले दिप प्रज्वलन गर्दै स्थापना दिवसको शुभकामना दिएका थिए ।

नेविसंघ धनकुटा ईकाई समितिका अध्यक्ष सुवास खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मिलन बुढाथोकीले राख्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव शौरभ रिमालले गर्नु भएको थियो । संघको स्थापना दिवसको अवसरमा धनकुटा वहुमुखि क्याम्पस स्थित विपि स्मृती उद्यानको मर्मत तथा सरसफाई र साझ दिप प्रज्वलन गरी शुभ कामना आदनप्रदान गरिएको नेविसंघ धनकुटा वहुमुखी क्याम्पसका अध्यक्ष खनालले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।