एमालेको बैशाख ११ को युवा भेला बिशेष हुने

काठमाडौं । नेकपा एमालेले बैशाख ११ लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रमको तयारीलाई तीव्र बनाएको छ । 

जनताले जितेको दिन युवा सेलिब्रेसन कार्यक्रम आयोजनाका लागि पार्टी महासचिव शंकर पोखरेलेकै नेतृत्वमा एमाले नेतृत्व परिचालित भएको छ । युवालाई लोकतन्त्र ल्याउनको लागि भएको बलिदान र यसको महत्त्व बारे जानकारी दिन विशेष कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमको समन्वयमा खट्नु भएका पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए।

सो क्रममा आज नेकपा एमालेबाट काठमाडौं उपत्यकामा निर्वाचन जितेका जनप्रतिनिधिहरूको भेला आयोजना गरिएको थियो । भेलालाई पार्टी महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय प्रमुख  भानुभक्त ढकाल लगायतले सम्बोधन गरेका थिए । भेलाले युवा सहभागिताका लागि विभिन्न योजना बनाएको छ । 

आजै सोही विषयमा केन्द्रित रहेर जनसंगठनका पदाधिकारीहरूको भेला पनि सम्पन्न भएको छ । भेलामा जनसंगठनको तर्फबाट युवा सहभागिताको विषयमा छलफल गरी योजना बनाइएको ढुङ्गेलले जानकारी दिए । भेलालाई पार्टी महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले सम्बोधन गरेका थिए ।

यसै बिच कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टीको उपत्यका कोर सिटी स्थानीय पार्टी नेतृत्वसँगको बैठक पनि गरिएको छ । बैठकलाई पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल लगायतले सम्बोधन गरेका थिए ।

बैशाख ११ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने कार्यक्रम सफल बनाउन पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको मुख्य टिम बनेको छ । 

त्यसै गरी, पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेल संयोजक रहेको सहजीकरण टिम बनाइएको छ । कार्यक्रममा देशभरिका पार्टी र जनसंगठन आवद्ध युवाहरूले सहभागिता जनाउने ढुङ्गेलले बताए ।  बैशाख ११ गते भृकुटी मण्डपमा नेपालका युवाहरूको वास्तविक अनुहार देखिने उनले दाबी गरेका छन ।

कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । युवा केन्द्रित कन्सर्टका साथै अन्य विशेष कार्यक्रम पनि आयोजना हुने ढुङ्गेलले बताए । 

 ‘अहिलेसम्म भएका भन्दा फरक कार्यक्रम हुने छ’, उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।