कम्युनिस्ट घटक पाँच दलले एकै ठाउँवाट लेनिन शताब्दी दिन मनाउने

बिशाल बस्नेत/ महोत्तरी ,८ बैशाख । विश्व प्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर लेनिनको स्मृतिमा शताब्दी वर्ष मनाउन महोत्तरीका कम्युनिस्ट घटक पाँच दल गृहकार्यमा जुटेका छन ।

९ बैशाखमा शताब्दी पुग्ने दिनलाई मध्यनजर गर्दै `लेनिनवादको आलोकमा नेपाली समाजवादी क्रान्ती´ विषयमा भब्य अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको हो ।

बर्दिवासस्थित विनायक व्याङक्विटमा आयोजित उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एस, विप्लव नेतृत्वको नेकपा, बैज्ञानिक समाजवादी पार्टी लगायतका प्रतिनिधिहरु सहभागी वन्ने आयोजक पक्षले जनाएको छ ।

पुर्व राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालको संयोजकत्वमा हुने उक्त अन्तर्कृयामा पार्टीका निर्धारित प्रतिनिधिहरुले वोलेपछी खुल्ला छलफल गरिने लेनिन शतबार्षिकी समारोह समितिले जानकारी दिएको छ ।

समितिका सदस्य तथा बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रिय प्रबक्ता मदन अर्यालका अनुसार रोशन जनकपुरीले कार्यपत्र पेश गर्नेछन ।

दलको प्रतिनिधित्व हुनेगरि प्रदेश र केन्द्रिय तहका नेताहरुले वोल्ने र औपचारिकता भन्दा पनि सिधै अन्तर्कृयामा प्रवेश गर्ने अर्यालले जानकारी दिए ।

लेनिनको एक शताब्दी बर्षलाई मध्यनजर गर्दै बर्ष दिन अगाडिदेखि कम्युनिस्ट पार्टीहरुले विभिन्न कार्यक्रमको घोषणा गरेका थिए । बर्षदिन देखि भैइरहेका कार्यक्रमहरुको यो दिनमा औपचारिक समापन समेत हुने नेताहरुले वताएका छन ।

भ्लादिमिर लेनिनको जन्म २२ अप्रिल १८७० मा भोल्गा नदीको किनारमा रसियाको सिम्बिर्स्क (उल्यानोभस्क) भन्ने शहरमा भएको थियो । इतिहासका अभूतपूर्व क्रान्तिकारी नेता लेनिनको मृत्यु २१ जनवरी १९२४ मा भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।