जनमत-उन्मुक्ति बिच एकीकरण हुदैँः २५ पदाधिकारी, ७०० केन्द्रिय सदस्य

काठमाडौं, १७ बैशाख । तराई मधेस केन्द्रित दुइ दल बिच आज पार्टी एकीकरण हुदैँछ ।

 

संघीय संसदको सबैभन्दा ठुलो दल जनमत पार्टी र नागरिक उन्मुक्ति बिच आज पार्टी एकीकरण गरिन लागेको हो ।

 

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ः०० बजे देखी घोषणा सभा सुरू गरिने जनाइएको छ ।

 

जसअनुसार उन्मुक्तिका संरक्षक रेशम चौधरी एकता पछिको पार्टीमा पनि संरक्षक रहनेछन् भने सीके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने गरी सहमति भइसकेको छ।

 

साथै, उन्मुक्तिको चुनाव चिन्ह ढकियालाई स्विकार गर्दै पार्टीको नाम भने नागरिक जनमत पार्टी राखिने भएको  छ। एकतासँगै सो पार्टी तराइ मधेस केन्द्रित दलको सबैभन्दा ठुलो पार्टी हुनेछ।

 

सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन भने २५ सदस्सीय केन्द्रिय पदाधिकारी, ५१ सदस्सीय केन्द्रिय कार्यसमिति र दुवैतर्फका गरी ३५०–३५० गरी कम्तिमा ७ सय केन्द्रिय सदस्य रहने  भएका छन्  ।

जसअनुसार दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौँ ठुलो दल बन्नेछ भने १० सिट नै रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको समान हैसियतमा रहनेछ 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।