गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

काठमाडौं, १८ बैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले  संघीय धर्म निरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको बताएका छन् ।

 

अहिलेको ब्यबस्थाबाट देशमा शान्ती, स्थायित्व र आर्थिक बिकासको सम्भावना नभएको भन्दै थापाले उदास,हतास र निरासालाई चिर्न ब्यबस्था परिबर्तन जरुरी भएकोमा जोड दिए । १६३ औ श्रमिक दिवसको अबसरमा आज राप्रपा नेपाल आबद्ध मजदुर संगठन टुकोनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सम्पुर्ण राजाबादी,हिन्दुबादी एक हुनुपर्ने अहिले समयको माग भएको समेत स्पष्ट पारे ।

 

बर्षा मौसम शुरु हुनु अगावै हामिले आन्दोलनको बाताबरण निर्माण गर्नुपर्ने भन्दै थापाले समान बिचार भएकाहरु सबैले साझा मोर्चा बनाएर अघि बढ्न ढिला गर्नु नहुनेमा जोड दिए । सम्पुर्ण श्रमिकहरुमा बधाई शुभकामना दिदै थापाले राप्रपा नेपाल सदैब श्रमिकको हक हितको पक्षमा रहेको समेत स्पष्ट पारे । कार्यक्रममा तारानाथ लुइँटेल ,तेज कुरुङ्ग्वाङ्ग, यबती कार्की , हिक्मतजङ्ग भण्डारी , अजेलिया रन्जितकार लगायतले बोलेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।