जिल्ला अस्पताल धनकुटामा हेमोडायलाइसिस सेवा सुरु

धनकुटा,२१ बैशाख। जिल्ला अस्पताल धनकुटामा हेमोडायलाइसिस सेवा औपचारिक रूपमा सुरु गरिएको छ ।

कोशी प्रदेश सरकारका स्वाथ्य मन्त्री भूपेन्द्र राईले एक कार्यक्रमका बिच हेमोडायलाइसिस सेवाको उत्घाटन गरे संगै अस्पताल स्थापना स्थापना भएको एक सय ११ वर्ष हेमोडायलाइसिस सेवा सुरु भएको हो । यो सेवा हाल हप्तामा १२ बिरामीलाई सेवा दिन सकिने र दुई सिफ्टमा सेवा सञ्चालन गर्दा २४ जनासम्म लाभान्वित हुने अस्पताल प्रशासनले जनाएको छ ।

१५ शैयाको अस्पतालमा सुरु गरिएको हेमोडायलाइसिस सेवाले कोशी पहाडी धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जिल्लाका बिरामीलाई राहत मिल्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईले बताए ।सेवाको उत्घाटन गर्दै स्वास्थ्य मन्त्री राईले सबै पक्षबिच समन्वय गरी सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने बताए ।

जिल्ला अस्पताल धनकुटालाई ५० वा एक सय शैयामा विस्तार गर्ने विषयमा समेत प्रदेश सरकार सकारात्मक रहेको भन्दै प्रदेशबासी लाई सुलभ सेवा दिन सरकार प्रतिबद्ध रहेको मन्त्री राइको भनाइ थियो । जिला अस्पचाल धनकुटामा चाँडै नै आइसियु सेवा पनि सुरु गरिने स्वास्थ्य मन्त्री राईले भनाइ थियो ।

कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले यो खर्चिलो सेवा भएकाले धेरै बिरामीलाई सहज हुने बताए । हेमोडायलाइसिस सेवा सञ्चालनका लागि बजेट अभाव नहुने स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलियाले बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖