युवा संघ नेपालको अध्यक्षमा पु:न क्षितिज थेबे निर्वाचित

काठमाडौ । नेकपा एमालेको भ्रातृ सङ्गठन युवा संघ नेपालको अधिवेशनबाट अध्यक्षमा केपी ओली पक्षका क्षितिज थेबे निर्वाचित भएका छन् ।

सङ्घको नवौँ महाधिवेशनबाट अध्यक्ष बनेका थेबे पोखरामा भएको दसौँ महाधिवेशनबाट पनि अध्यक्षमा दोहोरिएका हुन् ।

थेबेले ७९६ मत पाए भने उनका प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत पाएका थिए। पुरी आठौँ महाधिवेशनबाट सङ्घको उपाध्यक्ष बनेका थिए भने नवौँ महाधिवेशनबाट महासचिव बनेका थिए । अहिले अध्यक्ष पदमा उम्मेदवार बनेका पुरीले १८८ मतले पराजय बेहोर्नु परेको हो । पुरी यसअघि महासचिव थिए ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि थेबे र पुरी प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । मङ्गलवार बिहानदेखि विद्युतीय मतदान भएको थियो । महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७ सय ५५ मत ल्याउँदा पुरी प्यानलका कुबेर अधिकारीले ६ सय ४९ मत प्राप्त गरे ।

थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र पुरी प्यानलका अरुण कुँवर, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेसी सचिवमा मोबिन अख्तर आलम विजयी भएका छन् ।

अनुशासन आयोग अध्यक्षमा मोहम्मद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा निर्वाचित भएका छन् । पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा, सचिव खुलामा अरुण कुँवर र ध्रुव खड्का, महिला सचिवमा रेशु तामाङ, मधेसी सचिवमा चितरञ्जन यादव उम्मेदवार थिए ।

अनुशासन आयोग अध्यक्षमा अजयजंग शाही, निर्वाचन आयोग अध्यक्षमा शिव रिमाल, लेखा आयोग अध्यक्षमा विक्रम गुरुङ, युवा विज्ञ आयोग अध्यक्षमा मोदनाथ सिलवाल (सन्तोष)ले पुरी प्यानलबाट उम्मेदवारी दिएका थिए ।

सङ्घको १० औँ अधिवेशनले १ सय ६३ जना निर्वाचित गर्नुपर्नेमा ६४ पदमा निर्विरोध निर्वाचित भएका थिए । मङ्गलवार भएको निर्वाचनमा देशभरबाट पोखरा आएका १ हजार ७६५ जनामध्ये १ हजार ४०४ जनाले मतदान गरेका थिए । अधिवेशनको उद्घाटन गत शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖