एक डाक्टरको भविश्यवाणी, ‘सन २०५० पछि मानिस कहिल्यै मर्दैनन्’

काठमाडौं, २३ जेठ । अमरताको विचार मानव सभ्यता को शुरुवातसँग जोडिएको छ। 
 
वैदिक काल र पौराणिक ग्रन्थहरूमा ऋषिमुनिहरूले अमर बन्न तपस्या गर्ने उल्लेख गरेका छन्।  तिनीहरूले अमरतालाई ईश्वरीय वरदान ठान्थे, जुन भगवानको कृपाले मात्र प्राप्त गर्न सकिन्छ। समयको साथ विज्ञानको उदय भयो र मानिसले प्राविधिक रूपमा यो देवत्व प्राप्त गर्ने प्रयास गरिरहेको छ ।

आज हामी यस्तो मोडमा छौं, जहाँ प्राविधिक प्रगतिले अमरतालाई कल्पनाबाट वास्तविकतामा परिवर्तन गर्ने दिशामा कदम चालेको छ। यस दिशामा सबैभन्दा प्रसिद्ध नाम हो– डा. इयान पियर्सन। उनले मानव भविष्यको चित्र कोरेका छन, समा मानिसले आफ्नो दिमागलाई कम्प्युटरमा स्थानान्तरण गरेर शारीरिक मृत्युको बाबजुद ‘डिजिटल रूप’ मा बाँच्न सक्छ।
 
प्रख्यात भविष्यविद् डा. इयान पियर्सनले सन् २०५० सम्ममा यस्तो प्रविधिको विकास हुने विश्वास व्यक्त गरेका छन कि मानिसले आफ्नो सम्पूर्ण व्यक्तित्व, सम्झना र सोच्ने क्षमतालाई मेसिन वा रोबोटिक बडीमा अपलोड गर्न सक्नेछ । यो प्रक्रियालाई ‘माइन्ड अपलोडिङ’ भनिन्छ।
 
सन् २०५० सम्ममा यो प्रविधि धनी वर्गमा मात्र सीमित हुने उनीहरुको भनाइ छ । सन् २०६० सम्ममा मध्यम वर्गले पनि यसको फाइदा उठाउन सक्ने उनले जनाएका छन् । बायोटेक्नोलोजी र जेनेटिक इन्जिनियरिङको माध्यमबाट बुढ्यौली प्रक्रियालाई कम गर्न सकिने उनको दावी रहेको छ ।
 
मस्तिष्क– कम्प्युटर इन्टरफेस (विएसआइ) जस्ता यन्त्रहरूले मेमोरी र सोचलाई डिजिटल रूपमा स्थानान्तरण गर्न सक्छन्। यस विचारधाराको पछाडिको विश्वास यो हो कि यदि मस्तिष्कको डाटा सुरक्षित राखियो र सक्रिय राखियो भने एक व्यक्ति प्राविधिक रूपमा ‘अमर’ रहन सक्छ, यदि शरीर अवस्थित छैन भने पनि ।
 
डा. पियर्सनका शब्दहरू बलियो हुन्छन्, जब हामी रे कुर्जवेलको भविष्यवाणीलाई हेर्छौं। गुगलका पूर्व इन्जिनियर र विश्व प्रसिद्ध भविष्यविद् कुर्जविल भन्छन् कि २०२९ सम्ममा एआईले मानव मस्तिष्कको बराबरी गर्नेछ। र, सन २०३० मा मानव मस्तिष्क सीधा क्लाउडमा जडान हुन सक्षम हुनेछ। 
 
२०४५ सम्म मानिस साइबोर्ग्स बन्न सक्छ, अर्थात् आधा मानव–आधा मेसिन। रे कुर्जवेलका धेरै भविष्यवाणीहरू पहिले नै सत्य साबित भइसकेका छन्, जस्तै चेसमा कम्प्युटरको विजय र स्मार्टफोनको क्रान्तिकारी प्रभावका बारेमा उनले गरेका भविश्य मिलेका छन् ।
 
उनी विश्वास गर्छन् कि मेसिन र मानिसको प्रतिच्छेदन बिन्दु हुनेछ जब मानवले डिजिटल रूपमा आफ्नो चेतना जोगाउन सक्षम हुनेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।