जनकपुरमा लोसपाको मधेस प्रदेश संसदीय दलको बैठक सम्पन्न

जनकपुरधाम, २३ चैत । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मधेस प्रदेश कार्यालय जनकपुरधाममा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा मधेस प्रदेश संसदीय दलको अनौपचारिक बैठक सम्पन्न भएको छ।

 

बैठकमा हालको राजनीतिक अवस्था, जनताका समसामयिक समस्या समाधानका उपाय, तथा पार्टीको संगठनात्मक सुदृढीकरण लगायतका विषयमा गहन छलफल भएको  हो ।

 

अध्यक्ष ठाकुरले बैठकलाई सम्बोधन गर्दै मधेसका जनताको अधिकार र समृद्धिका लागि पार्टी निरन्तर प्रतिबद्ध रहेको स्पष्ट पारेका छन । सांसदहरूबीच समन्वय, नीति निर्माणमा सहकार्य, तथा आगामी रणनीतिहरूका बारेमा समेत बैठकमा विचारविमर्श भएको थियो। 

 

बैठकले स्थानीय तहदेखि प्रदेशसम्म जनतामाझ पार्टीको उपस्थिति मजबुत पार्न सबै सदस्यलाई सक्रिय रुपमा लाग्न आह्वान गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।