माओवादी केन्द्र महालक्ष्मीमा रखालको नेतृत्व कमिटी चयन

धनकुटा , २५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर निर्वाचित हुनुभएको छ ।

नेकपा माओवादी केन्द्र धनकुटा सचिव ओम प्रकाश निरौलाको प्रमुख आतिथ्यतामा बसेको पूर्ण बैठकले महालक्ष्मी नगर कमिटीको पदाधिकारी चयन गर्दै सकिएको हो । गत चैत २३ गते सम्पन्न महालक्ष्मी नगर कमिटीको ऐतिहासिक दोस्रो सम्मेलनबाट ५१ सदस्य निर्वाचित हुनुभएको थियो । त्यो बेला पदाधिकारी भने चयन गरिएको थिएन ।सो बैठकले उपाध्यक्ष द्वय टिकाराम श्रेष्ठ, सानु कार्की बस्नेत, सचिव लोकबहादुर नेपाल, सहसचिव लिला गुरुङ र कोषाध्यक्ष दुर्गा भुजेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । सो बैठकबाटै निवर्तमान पदाधिकारीबाट निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण समेत गरिएको थियो ।

बैठकले नगरका सबै वडामा सक्रिय र जुझारू संगठन निर्माण गरी आगामी निर्वाचनमा महालक्ष्मी नगरपालिकामा माओवादी केन्द्रकेन्द्रलाई विजयी गराउन जनताका घरदैलामा पुग्ने योजना बनाएको नवनिर्वाचित उपाध्यक्ष सानु कार्की बस्नेतले बताउनु भयो ।

सो बैठकमा नेकपा माअ‍ोवादी केन्द्र महालक्ष्मी नगर इन्चार्ज दुर्गा कुवँर, अखिल नेपाल महिला संघ, क्रान्तिकारी प्रदेश सदस्य सानु कार्की बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।