विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु

काठमाडौं, २६ जेठ । विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु हुने गरेको छ ।

 

यो जानकारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो एक रिपोर्टमा दिएको हो, जसअनुसार सन् २०२३ मा हरेक दुई मिनेटमा एक गर्भवती महिलाले आफ्नो ज्यान गुमाएको बताइएको थियो ।

 

यो तथ्याङ्क चकित पार्ने छ किनभने २०२३ मा विश्वव्यापी रूपमा लगभग २ं लाख ६० हजार महिलाको गर्भावस्था र सुत्केरीको समयमा वा पछि मृत्यु भएको थियो तर सन् २००० देखि २०२३ सम्ममा मातृ मृत्युदर (एमएमआर) ४० प्रतिशतले भने घटेको छ ।

 

डब्लुएचओका अनुसार गर्भावस्थामा, सुत्केरीको समयमा र सुत्केरी भएको ४२ दिनभित्र आफ्नो ज्यान गुमाउने महिलाको मृत्युलाई मातृ मृत्यु मानिदै आएको छ । यी विषयहरू गर्भावस्था वा यसको व्यवस्थापनसँग सम्बन्धित छन्।

 

एकै समयमा अमेरिकन कलेज अफ ओब्स्टेट्रिशियन्स एन्ड गायनोकोलोजिस्ट्स (एसीओजी) ले धेरै अवस्थामा मातृ मृत्युलाई गर्भावस्था पछि एक वर्षसम्म हुने मृत्युसँग पनि जोडेको छ। मातृ मृत्यु दरले प्रति १ लाख जीवित जन्महरूमा मातृ मृत्युको संख्या देखाउँछ। 

 

सन २०२३ मा विश्वव्यापी मातृ मृत्यु दर प्रति १ लाख जीवित जन्महरूमा १९७ प्रतिशत हिस्सा थियो । तर, कम आय भएका देशहरूमा ३४७ को मृत्यु हुदाँ  उच्च आय भएका देशहरूमा १० जनाले ज्यान गुमाएका थिए । 

 

विज्ञहरुका अनुसार गर्भावस्थामा नियमित चेकअप गरेर जोखिम पहिचान गरी समाधान गर्न सकिन्छ । साथै, सुत्केरीको समयमा तालिमप्राप्त चिकित्सकको उपस्थितिले मातृ मृत्युदर घटाउन सक्छ।

 

गर्भवती महिला र तिनका परिवारलाई हुने खतराबारे जानकारी दिएर समस्या समाधान गर्न सकिन्छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।